जनता टाइम्स

१८ भाद्र २०७७, बिहीबार १२:०१

सरकारी राहत लिएर बागलुङ पुग्नु भयो गृहमन्त्री थापा


काठमाडौं, भदौ १८

सरकारले बागलुङको बाढीपहिरो पीडितका लागि राहत लिएर गएको छ । सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापासहितको टोली ढोरपाटन नगरपालिका ९ भुसुन्डे, दुनेपोखरा, लाकुरीबोट प्रस्थान गरेको हो ।

बाढीपहिरो पीडितका लागि राहत बोकेर गृहमन्त्री थापासहितको टोली त्यसतर्फ प्रस्थान गरेको उहाका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिनुभयो । गृहमन्त्रीसँगै सासंद देवेन्द्र पौडेल पनि बाढी प्रभावित क्षेत्र जानु भएको छ ।

गृहमन्त्री थापा नेपाली सेनाको हेलिकप्टरमा सामग्री बोकेर जानु भएको हो । गएराति गएको पहिरो जाँदा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । यसअघि उहा सिन्धुपाल्चोक पनि राहत लिएर जानु भएको थियो ।

बागलुङमा बेपत्ता ८ जनाको शव भेटियो, मृतक र बेपत्ताको पहिचान खुल्यो