जनता टाइम्स

१९ भाद्र २०७७, शुक्रबार १७:४७

मेस्सीपछि स्वारेजको पार्टनर क्रिष्टियानो रोनाल्डो !


काठमाडौं, भदौ १९

बार्सिलोनाका फरवार्ड लुइस स्वारेज अब इटालियन क्लब जाने भएका छन् । उनि रियल म्याड्रिडबाट इटाली पुगेका क्रिष्टियानो रोनाल्डो रहेको क्लब युभेन्टस जान सहमत भएको जनाइएको छ ।

अब यसका लागि उनले बार्सिलोनालाई मनाउनुपर्नेछ । बार्सिलोनामा उनको सम्झौता अवधि एक वर्ष बाँकी रहँदै नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले स्वारेजसहित केही खेलाडीलाई आफ्नो योजनामा नरहेको सूचित गरेका थिए ।

उरुग्वेका खेलाडी स्वारेजले बार्सिलोनासँग सो एक वर्षको ज्याला पनि माग्ने रिपोर्टहरुमा जनाइएको छ । युभेन्टस जाने उनको प्रयास सफल भए स्वारेज रोनाल्डोसँगै खेल्ने छन् । सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका स्वारेजले २८३ खेलमा १९८ गोल गरेका छन् ।