जनता टाइम्स

२१ भाद्र २०७७, आईतवार १७:३६

इण्डियन प्रिमियर लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा मुम्बई र चेन्नई भिड्ने


काठमाडौं, भदौ २१

इण्डियन प्रिमियर लिग (आइपिएल)को खेल तालिका सार्वजनिक भएको छ । आइपिएल गर्भनिङ काउन्सिलले युएईमा सेप्टेम्बर १९ देखी हुने खेल तालिका सार्वजनिक गरेको हो ।

अबुधावीमा हुने उद्घाटन खेलमा साविकको विजेता मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्स भिड्ने छन् । दुवईमा आइतवार हुने दोस्रो खेलमा दिल्ली क्यापिटल्सले किंग्स इलावेन पञ्जाव र सोमबार सनराइज हैदरावाद र रोयल च्यालेन्जर बैंग्लोर भिड्ने छन् । चौथो खेल भने सारजाहमा २२ सेप्टेम्बरमा राजस्थान रोयल्स र चेन्नई सुपरकिंग्स बीच हुनेछ ।

१० दिन दुई वटा खेल हुनेछन् भने बाँकी दिन एउटामात्रै खेल हुनेछ । एउटामात्रै खेल हुने दिन भारतीय समयअनुसार साढे सात बजे हुनेछ । दुई वटा खेल भएको दिन भने पहिलो खेल साढे तीन बजे हुनेछ । प्लेअफ र फाइनल खेलको स्थान भने पछि मात्रै घोषणा गरिने भएको छ ।

तालिका हेर्ने यहा क्लिक गर्नुहोस् ।