जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार ११:३१

कोरोनाबाट विराटनगरमा पुरुषको मृत्यु


विराटनगर, भदौ २२

कोरोनाबाट विराटनगरमा थप एक जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुषको बिहान ३ः१५ बजेतिर मृत्यु भएको छ ।

भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएका वृद्ध १० दिनसम्म होम आइसोलेसनमा रहेका उहाँलाई श्वासप्रश्वासमा समस्या भएपछि शनिबार उपचार केन्द्रमा ल्याइएको थियो।