जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १५:२१

भारतीय र इरानीबीच अफगानिस्तानको शान्तिबारे छलफल


तेहरान, भदौ २२

भारतीय रक्षामन्त्री राजनाथ सिंह र इरानका रक्षामन्त्री ब्रिगेडियर जनरल अमिर हतामीबीच भेटवार्ता भएको छ । उहाँहरुबीच इरानको राजधानी तेहरानमा भेटवार्ता भएको हिजो भारतीय रक्षामन्त्री सिंहले ट्वीटमार्फत जानकारी दिनुभयो । उहाँले सो भेटघाट निकै फलदायी रहेको बताउनुभयो ।

त्यस भेटका क्रममा क्षेत्रीय शान्तिका साथै अफगानिस्तानका विषयमा पनि कुराकानी भएको थियो । मस्को पुगेका भारतीय रक्षामन्त्री सिंह त्यहाँबाट फर्किने क्रममा इरान जगएका थिए, र सोही क्रममा भारत र इरानबीचको द्धिपक्षीय प्रतिरक्षासम्बन्धी मुद्धामा छलफल भएको थियो । सो कुराको जानकारी इरानी रक्षामन्त्रालयले जानकारी दिएको हो ।

उहाँहरुबीच यस क्षेत्रको क्षेत्रीय शान्तिका विषयमा छलफल भयो । त्यसैगरी अफगानिस्तानको शान्ति तथा त्यहाँको स्थायित्वका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको थियो । अफगानिस्तानमा शान्ति स्थापनाका लागि त्यहाँका तालिबान र सरकारबीच वार्ता हुने तयारी भएको छ । यसका लागि अफगानिस्तानबाट वार्ता टोली कतारको राजधानी दोहा जाने भएका छन् ।