जनता टाइम्स

२२ भाद्र २०७७, सोमबार १६:३९

काठमाडौं उपत्यकामा थपिए ३२६ जना कोरोना संक्रमित


काठमाडौं, भदौ २२

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३२६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३२६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य प्रवक्ता गौतमका अनुसार संक्रमित हुनमध्ये काठमाडौंमा २९३ जना, ललितपुरमा २० जना र भक्तपुरमा १३ जना रहेका छन ।