जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार ०९:०७

वीरगञ्जमा कोरोनाबाट ६० वर्षीय पुरुषको मृत्यु


वीरगञ्ज,  भदौ २३ । वीरगञ्जमा कोरोना संक्रमित एक पुरुषको गएराति मृत्यु भएको छ ।वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो ।
उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए ।