जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १६:४५

कोरोनाबाट थप ६ जनाको मृत्यु, मृतक संख्या ३ सय ६ पुग्यो


काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न ठाउँमा ७ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

हेर्नोस सूची

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित संख्या ४८ हजार १ सय ३८ पुगेको छ । जसमध्ये ३ सय ६ जनाको मृत्यु भएको छ भने ३२ हजार ९ सय ६७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् ।