जनता टाइम्स

२३ भाद्र २०७७, मंगलवार १७:०१

काठमाडौं उपत्यकामा थपिए ३ सय ९६ जना नयाँ कोरोना संक्रमित : कुन जिल्लामा कति छन संक्रमित ?


काठमाडौं, भदौ २३ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ सय ९६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्इा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारीअनुसार संक्रमितमध्ये काठमाडौंका ३ सय जना, ललितपुरका ३८ जना र भक्तपुरका ५८ जना रहेका छन । पछिल्लो २४ घण्टामा थपिएको तथ्यांकसँगै काठमाडौंमा कुल संक्रमित संख्या ६ हजार ९ सय १७ पुगेको छ । यस्तै ललितपुरमा ९ सय ३९ र भक्तपुरमा ७ सय २४ संक्रमित संख्या पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंकी ८० वर्षीया महिला र ८५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।