जनता टाइम्स

२४ भाद्र २०७७, बुधबार ०९:२५

चितवनमा थप १८ महिने बालकसहित १२ जनामा कोरोना संक्रमण


चितवन,  भदौ २४ । चितवनमा १८ महिनाको बालकसहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २३ गते २५७ नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालअन्तर्गतको कोभिड–१९ प्रयोगशालाले आज विहान सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
भरतपुर महानगरपालिकाका ७ महिला र २ पुरुष गरी ९ जनामा संक्रमण देखिएको छ । संक्रमितहरु ९ वर्षदेखि ५४ वर्ष उमेर समूहका छन् ।चितवनकै माडी नगरपालिकाका १८ महिने बालक र २७ वर्षीय युवकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।यसैगरी सिन्धुपाल्चोकका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । उनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएको थियो ।