जनता टाइम्स

२५ भाद्र २०७७, बिहीबार ०९:०६

चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण


काठमाडौं, भदौ २५ । चितवनमा थप १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड –१९ ल्यावमा गरिएको परीक्षणमा भरतपुरका १३ जना र रत्ननगरका एक जनामा संक्रमण पुष्टि भएको भरतपुर अस्पतालको प्रयोगशालाकी प्रमुख डा.नीतु अधिकारीले जानकारी दिनुभयो । बुधबार राति १२ बजे आएको रिपोर्ट अनुसार भरतपुरका १३ जनामध्ये ७ जना पुरूष र ६ जना महिला छन् । उनीहरू २१ देखि ७० वर्ष उमेर समूहका छन् । यस्तै रत्ननगरका २ कि २४ वर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ ।