काठमाडौं, जेठ १४
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका मध्यकमाण्ड सचिवसहित तीन नेताले पार्टी परित्याग गरेका छन । पार्टीका मध्यकमाण्ड सचिव तथा रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारीसहित संजिव कार्की र देवराज घिमिरेले बिप्लवको पार्टी परित्याग गर्नुभएको हो ।
पछिल्लो समय बिप्लवले मुलुकभर बम आतंक मच्चाउँदै सर्वसाधरणलाई निसाना बनाउन थालेपछि ती नेताहरुले सो समुह परित्याग गरेका हुन । ललितपुर जिल्ला अदालतले साधारण तारेखमा छाडेलगत्तै अधिकारी, कार्की र घिमिरेले हिंसाको बाटो त्यागेर शान्तिपूर्ण राजनीतिका लागि जिल्ला प्रशासन कार्यालय पुगेर पार्टी परित्याग गर्नुभएको हो ।
शुक्रबार जिल्ला अदालत, ललितपुरले तीनै जनालाई तारेखमा छोडेको थियो । ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीका अनुसार बिप्लव समुहका तिनै जना नेताले पार्टीका सम्पूर्ण गतिविधी त्यागेको घोषणा गर्नुभएको छ ।
ललितपुरको नख्खुमा एनसेलको मुख्यालय अगाडिभएको विस्फोटमा संलग्न रहेको आरोपमा समूहका मध्यकमाण्ड इञ्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) सँगै गत चैत ९ गते अधिकारी, कार्की र घिमिरेलाई प्रहरीले पक्राउ गरेको थियो । अदालतबाट रिहा भएलगत्तै बिप्लवको पार्टी छाडेका हुन ।
प्रतिक्रिया दिनुहोस्