जनता टाइम्स

२७ भाद्र २०७७, शनिबार १३:३५

गण्डकी प्रदेशमा थपिए ८२ जना कोरोना संक्रमित


पोखरा, भदौ २७

गण्डकी प्रदेशमा थप ८२ जनामा कोरोना भाइरस (कोभिड – १९) को संक्रमण देखा परेको छ । क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ९०३ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माका अनुसार कास्कीको पोखरा महानगरपालिकाका ३४ जना, गोरखाका १ जना, स्याङ्जाका ५ जना र नवलपरासीका ४२ जना छन् । सबैजना कन्ट्र्याक ट्रेसिङबाट पहिचान भएकाहरु हुन् । सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।