जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार ०८:२६

बाह्रबीसे पहिरो अपडेट : तीन जनाको शव फेला, उद्धारकार्य जारी


काठमाडौं,  भदौ २८। सिन्धुपाल्चोक, बाह्रबीसे नगरपालिका–७ घुम्थाङको पहिरोमा वेपत्ता भएकामध्ये ३ जनाको शव फेला परेको छ । गएराति भीरखर्कबाट सुरु भएको पहिरोले विशेष गरेर डाँडागाउँ र नागपुजेमा क्षति पुर्‍याएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिनुभयो ।

“गएराति भीरखर्कबाट पहिरो सुरु भएको हो । भीरखर्कका १० घर बगाएको र ३ जनाको शव भेटिएको छ । तल नागपुगेमा पनि ८ घर बगाएको छ । १५ जनाभन्दा बढी बेपत्ता छन् । भीरखर्कको सबै अवस्था अज्ञात छ । नसोचेको ठाउँमा पहिरो गएकाले यति नै क्षति भयो भन्ने अवस्था छैन,” उहाले भन्नुभयो । स्थानिय बासीले पहिरोमा हराएका हरुको खोजि कार्य गरेको शेर्पाले जानकारी दिनुभयो । केही दिनअघि सिन्धुपाल्चोककै जुगल गाउँपालिका–२ लिदीमा पनि पहिरो गएको थियो । उक्त पहिरोमा ३६ जनाको मृत्यु भएको थियो । २ जना अझै वेपत्ता छन् ।