जनता टाइम्स

२८ भाद्र २०७७, आईतवार १२:४५

कोरोना जितेका भारतका गृहमन्त्रीलाई श्वास-प्रश्वासमा समस्या, अस्पताल भर्ना


नयाँ दिल्ली, भदौ २८

एक महिना अघि नै कोरोना संक्रमण भई कोरोनामुक्त हुनुभएका भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना हुनुभएको छ । विषेश सुत्रलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले दिएको खबर अनुसार शाह हिजो राति दिल्लीस्थित एम्स अस्पताल जानुभएको हो । गृहमन्त्री शाहलाई एक्कासी श्वास–प्रश्वासमा समस्या देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

डाक्टर रणदीप गुलरियाको नेतृत्वमा विशेषज्ञ चिकित्सकहरुको टोली उहाँको उपचारमा खटिइरहेको र शाहको अवस्था स्थीर रहेको भारतीय मिडियाहरुले खबर दिएका छन् । २ अगष्टमा कोरोना संक्रमण देखिएपछि मेदान्त अस्पतालमा अस्पतालमा भर्ना हुनुभएका शाह कोरोनामुक्त भई १४ अगष्टमा डिस्चार्ज हुनुभएको थियो।