जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार ००:४७

कोरोना जितेर निवास फर्किए काठमाडौंका मेयर शाक्य


काठमाडौं, भदौ २९ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोनामुक्त हुनुभएको छ । कोरोना भाइरससँगको लडाईं जितेसँगै मेयर शाक्य आइतवार आफ्नो निवास फर्कनुभएको छ ।

सोल्टी होटलमा आइसोलेसनमा बस्नुभएका मेयर शाक्य श्रीमतीसहित आइतबार अपरान्ह भोटेबहालस्थित आफ्नो निवासमा फर्किनुभएको हो । मेयर शाक्य केही दिनमै नियमित काममा फर्किने उहाँको सचिवालयले जनाएको छ ।