जनता टाइम्स

२९ भाद्र २०७७, सोमबार १५:५२

प्रधानमन्त्रीमा योशिहिदे सुगा


काठमाडौं, भदौ २९

जापानको सत्तारुढ पार्टीको संसदीय दलमा विजयी भएसँगै योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । आज भएको सत्तारुढ लिबेरल डेमोक्रेटिक पार्टी एलडिपीको सांसदहरुको चुनावमा विजयी भएसँगै सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने पक्का भएको हो । जापानको संसदमा एलडिपीको बहुमत रहेकाले उहाँ प्रधानमन्त्री बन्ने पक्का हुनुभएको हो ।

आगामी बुधबार उहाँ जापानको नयाँ प्रधानमन्त्री निर्वाचित हुनुहुने भएको छ । एलडिपीको संसदीय दलमा भएको निर्वाचनमा सुगाको पक्षमा ३७७ मत आएको थियो भने प्रतिस्पर्धी रहेका प्रर्वविदेशमन्त्री फुमियो किसिदाले ८९ तथा पूर्वरक्षामन्त्री सिगेरु इसिबाले ६८ मत ल्याउनुभएको थियो । जापानको चिफ क्याबिनेट सेक्रेटरी हुन् सुगा हाल आन्तरिक मामिला तथा सञ्चारमन्त्रीसमेत हुनुहुन्छ ।