जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १५:०९

गण्डकीमा थपिए ४७ नयाँ संक्रमित


पोखरा, भदौ ३०

गण्डकी प्रदेशमा ४७ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या तीन हजार ११२ जना पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यालयका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २०, स्याङ्जा १२, तनहुँ ९, कास्की तीन, गोरखा, लम्जुङ र मनाङका एकएकजना रहेको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८ जनाको पिसिआर परीक्षण गरिएकामा ४८ जनामा कोरोना पुष्टि भएको छ । परीक्षण गरिएकामध्ये ६२६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने एकको मृत्यु एवम् ४४ जनाको पुनः पोजेटिभ देखिएको छ ।