जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार ०५:११

समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु सवैको सामुहिक उत्तरदायित्व : राष्ट्रपति भण्डारी


काठमाडौं, जेठ १५

राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानु सबैका निम्ति गौरवको विषय भएको बताउनु भएको छ ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले मुलुकमा समृद्धिले मूर्तरूप लिने विश्वाससमेत व्यक्त गर्नुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश अहिले सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिल गर्ने बाटामा रहेको पनि उहाँले बताउनुभएको छ ।

सबै नेपालीको समृद्धिको अपेक्षा साकार पार्नु सबैको सामूहिक उत्तरदायित्व भएको बताउँदै राष्ट्रपति भण्डारीले सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर भएको पनि उल्लेख गर्नुभएको छ । यस दिवसले सबै नेपालीलाई राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र ऊर्जा मिलोस भन्ने शुभेच्छा व्यक्त गर्दै राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तो छ राष्ट्रपति भण्डारीको शुभकामना

बाह्रौं गणतन्त्र दिवसको सुखद अवसरमा ज्ञात अज्ञात अमर शहीदहरुप्रति श्रद्धासुमन ब्यक्त गर्दै स्वदेश तथा बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभार्यहरुमा हार्दिक मंगलमय शुभकामनना ब्यक्त गर्दछु ।

निर्वाचित जनप्रतिनिधिमुलक संस्थाहरु गणतान्त्रिक मुल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संबिधान र कानूनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिवद्ध छन । बिश्व्मा लोकप्रिय तथा समृद्ध पद्धतीको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभई जीवनपद्धतीका रुपमा समेत स्थापित र संस्थागत हुँदै गएको छ । यो सवैको निम्ति गौरवको बिषय हो ।

 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था अवलम्बन भएपश्चता देशमा सुशासन, द्रुततर आर्थिक–सामाजिक बिकाशसहित समृद्धि हासिल हुन्छ भन्ने आम नेपालीको अपेक्षा साकार पार्नु हामी सवैको सामुहिक उत्तरदायित्व हो । सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संबैधानिक संकल्प पूरा गर्ने दिशामा सरकार अग्रसर बनेको परिवेशमा समृद्धि हासिल गर्ने अभिाराले मुतरुप लिनेछ भन्नेमा म बिश्वस्थ छु । यस प्रसंगमा मुलुकको समग्र बिकाश र समृद्धिका लागि आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सवै नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्दछु ।

यस ऐतिहासिक दिवसले सवै नेपालीलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवद्र्धनसहित समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा र उर्जा मिलोस भन्ने शुभेच्छासहित गणतन्त्र दिवस २०७६ का अवसरमा पुनः हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

धन्यवाद !

२०७३ साल जेठ १५ गते बुधवार