जनता टाइम्स

३० भाद्र २०७७, मंगलवार १८:३३

निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार नियुक्त


काठमाडौं, भदौ ३० । सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषलद बैठकले मन्त्री सरहको सेवा सुबिधा पाउने गरी प्रधानमन्त्रीको बिशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो ।

सत्तारुढ दल नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णयसँगै डा.खतिवडाले यही भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।