जनता टाइम्स

५ आश्विन २०७७, सोमबार २१:४७

सरकारले सहकारीको ब्याजदरमा लगायो अंकुश


काठमाडौं, असोज ५

सरकारले सहकारी संघसंस्थाले लिदै गरेको ब्याजमा अंकुश लगाएको छ । अब सहकारी संघसंस्थाले कर्जा प्रवाह गर्दा १४.७५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।

१६ प्रतिशत रहेको ब्याजदरलाई सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले घटाएको हो । व्यवस्था परिमार्जन गरि नयाँ सन्दर्भ दर तोकिएको हो । यो व्यवस्था २०७७ कात्तिक १५ देखि लागू हुने सहकारी विभागले जनाएको छ ।

सहकारी संस्थाहरूले आफूखुसी जथाभावी बढी ब्याज लिँदै आएकाले त्यसलाई नियन्त्रण गर्न भन्दै समितिले ०७६ साउन १९ देखि १६ प्रतिशत सन्दर्भ ब्याजदर तोकेको थियो । अहिले सोही दरलाई परिमार्जन गरिएको छ ।

सन्दर्भ ब्याज पुनरावलोकन गरिए पनि सबै सहकारीले पालना गरेका छैनन् । विभागले भने सबै सहकारी संस्थाले सन्दर्भ ब्याजदर पालना गरेको दाबी गरेको छ ।