जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार ०६:४९

पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा कोराना संक्रमण


काठमाडौं, असोज ६ । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साढे ५५ लाख नाघेको छ । दैनिक संक्रमित संख्यामा बृद्धि हुँदै गएको भारतमा पछिल्लो २४ घण्टामा ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जना संक्रमणमुक्त भएका छन् भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ८८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको  छ ।