जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १२:१६

करोडौंको घोटला लुकाउन संघ विघटन भएको अफवाह फैलाउँदै ढकाल र श्रेष्ठ


काठमाडौं, जेठ १५

काठमाडौं मलमा भएको घोटाला काण्ड दबाउने मतियारको रुपमा मलका व्यापारी शिवप्रसाद ढकाल र राष्ट्रिय व्यापार महासंघका उपाध्यक्ष मनोज बाबु श्रेष्ठ रहेको बुझिएको छ । सञ्चय कोषका कर्मचारी र द काठमाडौ मल व्यापार संघका पूर्व पदाधिकारीहरुले गरेको ५० करोड भन्दामाथि घोटालाको विषयलाई सार्वजनिक लेखा समितिले अध्ययन थालेपछि आत्तिएका पूर्व पदाधिकारी र घोटलामा संलग्न सञ्चय कोषका कर्मचारीहरुसँग उनीहरुको समेत मिलेमतो रहेको बुझिएको हो ।

तीन वर्षदेखि नविकरण समेत नगरेको द काठमाडौं मल ब्यापार संघ नविकरण गर्न वर्तमान अध्यक्ष शुषमा महराले दवाव दिएपछि संघका पुराना पदाधिकारीहरुले ४० हजारको अडिट रिपोर्ट पेश गरेका थिए । तर, संघका बैंक खाताहरुमा भने करोडौंको कारोबार भेटिएको छ ।

पूर्व पदाधिकारीले कुमारी बैंकको खाताबाट विभिन्न समयमा २ करोड ३२ लाख रुपैयाँ संचयकोष लाई गुड फर पेमेन्ट , कमलेस शेर्पा ६० हजार,प्रविर सम्शेर जवरा ५ लाख,मधुसुधनआचार्य १६ लाख,२ करोड ३२ लाख गुड फर पेमेन्ट ,७ लाख ७३ हजार गुडफर पेमेन्ट ,मधुसुधनआचार्य ५० हजार, गुडफर पेमेन्ट २ करोड ३२ लाख ५ सय गुडफर पेमेन्ट ,खेम विक्रम शेन २ लाख, गुडफर पेमेन्ट १ करोड ५४ लाख ६७ हजार १६४,गुडफर पेमेन्ट ३५ लाख ५ सय,निरज अधिकारी १ लाख ३३ हजार ३ सय ३२,गुडफर पेमेन्ट २० लाख ५ सय,गुडफर गुडफर पेमेन्ट २० लाख ५ सय, सममिर उदेन शेख ५लाख,युवराज कडेल ३ लाख,सममिर उदेन शेख १८ लाख, प्रकाशथापा १२ लाख ,मधुसुधन आचार्य ३ लाख,प्रकाश थापा १लाख ४ हजार,मधुसुधन आचार्य २५ लाख झिकेको देखिन्छ ।

त्यस्तै सेनर्जि फाइनान्स खाता नं १०६०००१९–६ वाट प्रकाश थापा ६ लाख २२ हजार गोविन्द पन्थ २ लाख,मधुसुधन आचार्य ५ लाख, विकाल वास्टाकोटी ७८ हजार, युवराज कडेल १लाख,विकाल बास्टाकोटी १५ हजार ७ सय २५, समिर २ लाख, राजन के श्रेष्ठ २३ लाख,निरज अधिकारी ५ लाख,समिर ४ लाख,प्रकाश थापा ६लाख,मधु सुधनआचार्य २ लाख,प्रकाश थापा १ लाख ५४ हजार,समिर ५० हजार,केशव सापकोटा १ लाख २५ हजार,सन्तोस अधिकारी ३० लाख ७५ हजार,भिम कोइराला २५ लाख ३३ हजार ३ सय ३२,केशव १ लाख गरी ब्यापार संघकै पदाधीकारीहरुले करोडो निकाली हिनामिना गरेको देखिन्छ ।

यसैगरी मलका व्यापारीसँग संघले भाडा उठाउने काम समेत गरेको कागजात समेत भेटिएका छन् । उक्त कागजात जिल्ला प्रशासन कार्यलय काठमाडौंमा अध्यक्ष महराले बुझाएपछि विभिन्न निकायमा छानविनका लागि पत्रचार गरिरहेको छ ।

तत्काल संघको नाममा कुनै आर्थिक गतिविधि नगर्न जिल्ला प्रशासन कार्यलय काठमाण्डाै‌‌ले भनेपनि घोटलामा अभियोग खेपिरहेको पूर्व कार्यसमितिका कोषाध्यक्ष प्रकाश थापा र राष्ट्रिय ब्यापार महासंघका उपाध्यक्ष मनोज बाबु श्रेष्ठ भने संघ विघटन भएको भन्दै लेखा समितिका केही सदस्यलाई गलत सूचना दिदै हिडेको पाइएको छ ।

राष्ट्रिय व्यापार महासंघका अध्यक्ष नवराज कटुवालले द काठमाण्डौं मल व्यपार संघ खारेज भएको भन्ने महासंघलाई जानकारी नभएको बताउनु भयो । उहाँले ‘महासंघ कुनै तथ्य बिना बोल्दैन, कुनै व्यक्तिले भन्यो भन्दैमा महासंघले जिम्मा पनि लिदैन’ भन्नुभयो ।

संघ विघटन भएपनि उनीहरुले उक्त घोटालाबाट उन्मुक्ति भने पाउने छैनन् । अधिवक्ता पुष्पराम पौडेलका अनुसार विघटन गरिएपनि उक्त संघको चल र अचल सम्पत्ति स्पष्ट रुपमा उल्लेख गर्दै सरकारलाई बुझाउनुपर्छ । करोडौंको हिनामिना लुकाउन द काठमाडौं मल ब्यापार संघ उनीहरुले तीन वर्षदेखि नवीरकण नै नगरेको पाइएको छ ।

घोटलामा संग्लन्नहरुले संघको अस्तित्वका विषयमा प्रश्न उठाउन थालेपछि उक्त घोटालामा प्रत्यक्ष संलग्न रहेको स्पष्ट भएको छ । लेखा समितिमा उजुरी परेपछि आत्तिएका उनीहहरु यसलाई सामसुम पार्न सक्दो प्रयास गरिरहेका छन् । यस अघि पनि द काठमाडौं मल ब्यापार संघ घोटाला काण्डका मतियारहरुलाई नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले समेत छानविन गरिरहेको छ । उक्त मुद्दामा राजु गोर्खाली सँगै तत्कालिन अध्यक्ष समिर उद्दीन शेख समेतलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएको छ ।