जनता टाइम्स

१५ जेष्ठ २०७६, बुधबार १६:१३

क्यावात प्रधानमन्त्री ओली ! पूरा भयो प्रतिवद्धता, सञ्चालनमा आयो कार्यालयमै एक्शन रुम


काठमाडौं, जेठ १५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयमा एक्सन रुम सञ्चालनमा ल्याउनु भएको छ । विकास आयोजनाको अनुगमन तथा मुख्यमन्त्रीहरुसँग विभिन्न विषयमा छलफल गरी तत्कालै निकास दिन प्रधानमन्त्री ओलीले आजबाट आफ्नै कार्यालयमा तत्कल समस्या समाधान कक्ष (एक्सन रुम) सञ्चालनमा ल्याउनु भएको हो ।

प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै प्रधानमन्त्री ओलीले एक्शन रुमको तयारी गर्न निर्देशन दिनुभएको थियो । झण्डै ६ महिना लगाएर तयार पारिएको एक्शन रुम आजबाट सञ्चालनमा आएको हो । उक्त एक्सन रुमको आज प्रधानमन्त्री ओलीले बिधिवत रुपमा उदघाटन गरी सुभारम्भ गर्नुभयो । प्रधानमन्त्रीले एक्सम रुम उद्घाटन गरेर सातवटै प्रदेशका मुख्यमन्त्रीसँग राज्य सञ्चालनका विविध पक्षमा संक्षिप्त कुराकानी गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज हुने विश्वास ब्यक्त गर्नुभएको छ । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्समार्फत एकै पटक छलफल गर्न र राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमन गर्न सकिने ब्यवस्था गरिएको छ । प्रधानमन्त्री सचिवालयका अनुसार एक्शन रुपको थालनीसँगै बिकाश आयोजना र प्रदेशसँग सम्बन्धित समस्यालाई प्रधानमन्त्री ओलीले अनुगमन गरी तत्कालै निकास दिनुहुनेछ ।

प्रधानमन्त्री ओलीले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग पुग्ने बताउनु भयो ।