काठमाडौं, असोज १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई २७ जना केन्द्रीय सदस्यहरुले बिरोधपत्र बुझाएका छन ।
सभापति देउवाको कार्यशैली सच्याउनु पर्ने भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर केन्द्रीय सदस्यले आज बिरोध पत्र बुझाएका हुन । पौडेल पक्षधर केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले आज पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत २७ केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विरोध पत्र दर्ता गर्नुभएको छ । पार्टीलाई विधानसम्मत सञ्चालन गरी १४औं महाधिवेशन स्वच्छ, निष्पक्ष गर्ने वातावरण सिर्जना गरियोस भन्दै असन्तुष्ट पक्षले बिरोधपत्रमा माग गरेका छन ।
वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितका नेताहरुले पत्रमा हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गर्नेमा केन्द्रीय सदस्यहरु डा. शेखर कोइराला, डा. रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, महेश आचार्य, दिलबहादुर घर्ती, डा. मिनेन्द्र रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडु, डा. शेखर कोइराला, दीपक गिरी, नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरूङ रहनुभएको छ । यसैगरी केन्द्रीय सदस्य रत्न शेरचन, बद्रीप्रसाद पाण्डे, जीवन परियार, गुरूराज घिमिरे, कल्याणकुमार गुरूङ, रामकृष्ण यादव, हृदयराम थानी, किरण यादव र सरिता प्रसाईंले पनि हस्ताक्षर गर्नुभएको छ ।
पौडेल पक्षधर नेताहरूले असोज १९ गते राखिएको केन्द्रीय समिति बैठकमा आफूहरूका माग न्यायपूर्ण र विधिसम्मत समाधान गर्ने र्फ सभापतिले गम्भिरता र तदारूकता नदाखाए संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन । बिरोधपत्रमा केन्द्रीय विभागदेखि भातृ संस्थाका म्याद थप गरेकोमा आपत्ति जनाउँदै खारेजीको माग गरिएको छ । आइतवार नै बिरोधपत्र दर्ता गराउन लागेको पौडेल पक्षले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको असहमतिपछि रोकेर आज बुझाएको हो । पौडेल पक्षलाई सिटौला समुहलाई धोकेवाजको संज्ञा दिँदै आज आफ्नो समुहको पत्र दर्ता गराएको हो ।













प्रतिक्रिया दिनुहोस्