जनता टाइम्स

१३ आश्विन २०७७, मंगलवार १३:२२

मन्त्रिपरिषद् पुनर्गठनमा सकस : अध्यक्षद्वय निरन्तर छलफलमा


काठमाडौं, असोज १३

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र देखिएको विवादले मन्त्रिपरिषद् पुनर्गठनमा केही समस्या देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकलम दाहालबीच सहमति बन्न नसक्दा मन्त्रिपरिषद् पुनर्गठनमा समस्या देखिएको हो ।

नयाँ मन्त्री नियुक्ति र पुराना मन्त्री हटाउने विषय व्यक्ति विशेषमा केन्द्रीत भएपछि दुई अध्यक्षबीच मत मिलेको छैन । प्रधानमन्त्री ओली राम्रा काम गरिरहेका मन्त्रीलाई हटाउन नहुने पक्षमा अडिग रहनु भएको छ । तर, कार्यकारी अध्यक्ष दाहालले भने पूर्वमाओवादीबाट सहभागी सबै मन्त्रीलाई हटाएर आफुले भनेअनुसारका व्यक्ति राख्न पाउनुपर्ने माग राखेका कारण सहमति नबनेको स्रोतको भनाई छ ।

गत आइतवारदेखी दुई अध्यक्ष छलफलमा जुटेपनि सहमति बन्न सकेको छैन । प्रधानमन्त्री ओली मन्त्रिपरिषद् पुनर्गठनलाई लामो समय लैजादा मन्त्रालयका काममा पनि प्रभाव पर्ने भन्दै चाडो टुंगोमा पु¥याउनुपर्नेमा हुनुहुन्छ । दाहालले भने उपाध्यक्ष समेत रहनु भएका बामदेव गौतमको विषय अदालतबाट टुंगो नलागेसम्म पुनर्गठन गर्न नहुने पक्षमा देखिनु भएको छ । बामदेव र नारायणकाजी श्रेष्ठका विषयमा पार्टी पहिला पनि निक्कै आलोचित भएको भन्दै नेकपा भित्रै उहालाई मन्त्री बनाउन नहुने पक्ष पनि बलियो देखिएको छ ।

विवाद चलिरहँदा पनि अध्यक्षद्वय ओली र दाहाल भने निरन्तरकै छलफलबाट सहमति निकाल्ने पक्षमा हुनुहुन्छ । उहाहरुबीच आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ । छलफलमा मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकताको बाँकी काम टुंग्याउनेलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।