काठमाडौं, असोज १३ । काठमाडौं उपत्यकामै भारतीय नागरिकले नेपालीमाथि गठी गर्ने नयाँ नयाँ शैली अपनाइरहेको तथ्य बाहिर आएको छ । काठमाडौंमा ब्इापार गर्दै आएका चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेपछि यस्तो ठगी धन्दाको पोल खुलेको हो ।
महानगरीय प्रहरी बृत्त कालीमाटीले कलंकी एरियाबाट भारतीय नागरिक प्रेमसिला देवी जैसवाल, वकिल खान, सुनिता जैसवाल, चन्दा देवी शाहलाई आज पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरुले काठमाडौंको कलंकीमा ब्रोइलर कुखुराका चल्लालाई मेहेन्दी र रङ्ग लगाएर लोकल भन्दै बिक्री गर्ने गरेको पाइएको छ ।
ब्रोइलर चल्लालाई कालो, रातो रंग लगाएर लोकल भन्दै कलंकी र काठ क्षेत्रमा महँगोमा विक्री गर्ने गरेको प्रमाणपछि उनीहरुलाई पक्राउ गरिएको हो । महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बोहराका अनुसार सेतो चल्लालाई कालो, रातो रङ्ग लगाउँदै गदा तयारी गरेको र रङ्ग लगाउन बाँकी २८ हजार ६ सय चल्लासमेत बरामद गरिएको छ ।
‘ब्रोइलरभन्दा लोकल वा गिरिराज चल्ला महङ्गोमा बिक्री हुँदो रहेछ, त्यसकारण उनीहरुले आफ्नो फाइदाका लागि गलत काम गरेको भएर पक्राउ गरेका हौँ’ डिएसपी बोहोराले भन्नुभयो । उक्त गिरोहले राजधानीका विभिन्न क्षेत्रमा लोकल, गिरिराज, कोईलर भन्दै १० रूपैयाँमा गरिद गरी ल्याएको चल्ला दुई सयदेखि ३ सय रुपैयाँसम्म विक्री वितरण गर्दै आइरहेका प्रहरीको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्