जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार २०:१६

वृद्धभत्ता ५ हजार रुपैयाँ पुर्याउने प्रधानमन्त्री ओलीको घोषणा


काठमाडौं, असोज १५

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता ५ हजार पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाले आफ्नै प्रधानमन्त्रीको कार्यकालमा वृद्धवृद्धालाई सम्मानपूर्वक जिवन जिउनका लागि भत्ता प्रतिमहिना ५ हजार पुर्याउने बताउनु भयो ।

अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवशको अवसरमा राष्ट्रिय जेष्ठ नागरिक महासंघले गरेको कार्यक्रमलाइ भर्चुअल संवोधन गर्दै प्रधानमन्त्री ओलीले जेष्ठ नागरिक बसेकै स्थानमा उनीहरुले पाउने भत्ता तथा सुविधा उपलब्ध गराउन सरोकारवालालाइ निर्देशन समेत दिनुभयो । जेष्ठ नागरिकको जीवनलाइ सहज बनाउन परिवारदेखि समाज र सरोकारवाला निकायले पनि सहजीकरण गर्नुपर्नेमा उहाको जोड थियो ।

प्रधानमन्त्री ओलीले जेष्ठनागरिकलाइ गर्ने व्यवहार कस्तो हुनुपर्छ भन्ने बिषय विद्यालय तहदेखिकै पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने आवास्यकता औल्याउदै जेष्ठ नागरिक प्रतिको व्यवहार पूर्ण सकारात्मक हुनुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, विभिन्न प्रदेशका मुख्यमन्त्री, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष मदनदाश श्रेष्ठ लगायतले जेष्ठ नागरिकलाइ गर्नुपर्ने व्यवहार र उनीहरुको अबस्थाबारे बोल्नुभएको थियो ।