जनता टाइम्स

१५ आश्विन २०७७, बिहीबार २०:३३

डिजेल र मट्टीतेलको मूल्य घट्यो


काठमाडौं, असोज १५

नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । विहिवार रातिदेखी लागु हुने गरी १–१ रुपैयाँले घटाएको हो । मुल्य घटेसँगै डिजेल र मट्टीतेलको मूल्य ८९–८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ । भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ ।