जनता टाइम्स

१६ आश्विन २०७७, शुक्रबार ११:४०

सकियो ओली–प्रचण्ड भेटवार्ता, यस्तो आयो निष्कर्ष


काठमाडौं, असोज १६

प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान करिव डेढ घण्टा चलेको भेटवार्तामा पार्टी एकताको बाँकी काम र मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल भएको छ ।

स्थायी कमिटी बैठकको निर्णयअनुसार सचिवालयले दश दिनभित्र पार्टी एकताको खाका बनाउने दिएको जिम्मेवारी अनुसार आज पनि छलफल भएको बताइएको छ । असोज ६ गतेको सचिवालय बैठकले दिएको दश दिनको समयसीमा आज सकिदैछ । एकताको खाँका टुंगो लागेमा भोली सचिवालय बैठक बस्न सक्ने नेताहरुले बताएका छन् । मन्त्रिपरिषद् पुनर्गठनका विषयमा पनि दुई अध्यक्ष लगभग सहमति नजिक पुगेको पनि बताइएको छ ।

भेटमा कार्यकारी अध्यक्ष दाहालले मुख्यसचिव र राजदूत नियुक्ति आफुलाई नसोधि गरेको भन्दै असन्तुष्टि समेत जनाउनु भएको थियो । मन्त्रिपरिषद्को विहिवारको बैठकले मुख्यसचिवमा शंकरदास वैरागी र अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज खतिवडा र बेलायतको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गरेको थियो ।