काठमाडौं, असोज २०
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा थप एक पुरुषको कोरोना सङ्क्रणबाट आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा. आशिस श्रेष्ठले जानकारी दिनुभयो । मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो ।
सोही दिन उहाँको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ । हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ । सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो । त्यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए । उहाँलाई उपचारका क्रममा असोज १८ गते कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ । सङ्क्रमण पुष्टि भएसँंगै उहाँलाई कोभिड सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्