जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार ११:१७

सञ्चारकर्मी प्रहरको ‘बहुलाएँ म’ सार्वजनिक


काठमाडौं, असोज २१

सञ्चारकर्मी तथा गजलकार विकास प्रहरको ‘बहुलाएँ म’ गजलको भिडियो सार्वजनिक भएको छ । गजलमा गायक तथा संगीतकार राज सागरले संगीत भर्नुभएको छ भने संगीत संयोजन किरण कणेलको रहेको छ । उपेन्द्र ढकाल र प्रकृति खतिवडाको मुख्य भूमिका रहेको भिडियोलाई रञ्जिता शिवाकोटीले निर्देशन गर्नुभएको छ ।

सुजय गौतमले छायांकन गरेको भिडियोको सम्पादन प्रज्वलित पराजुलीको रहेको छ । निर्देशक शिवाकोटीले ओएसआरको युट्युब च्यानलमार्फत बजारमा ल्याएको जानकारी दिनुभयो । भिडियोमा आर्शु महर्जन, विनिता पाण्डे, अरुण खड्का, सागर भट्ट लगायतका कलाकारको अभिनय छ ।