जनता टाइम्स

२१ आश्विन २०७७, बुधबार १८:५१

फेसबूक र ट्विटरले फेरि हटायो अमेरिकी राष्ट्रपति ट्रम्पको पोस्ट, यस्तो छ कारण


काठमाडौं, असोज २१ । फेसबूक र ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट हटाइदिएको छ । कोरोना संक्रमण रुघाखोकी जस्तै मात्र भएको भनी पोष्ट गरेपछि फेसबुक र ट्वीटरले राष्टपति टम्पको पोष्ट हाटाइ दिएको हो ।

कोरोना भाइरस सम्बन्धी गलत सूचना फैलाउन नपाइने नियम रहेको र राष्टपति ट्रम्पको पोस्टले उक्त नियम उल्लंघन गरेको भन्दै दुवै संस्थापले पोष्ट हटाइएको जनाएको छ ।

कोभिड–१९ को गम्भीरताका विषयमा राष्ट्रपति ट्रम्पले गलत सूचना दिएकाले हटाइएको प्रष्टिकरण दुवै संस्थाले दिएको अन्तराष्टिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ । अमेरिकामा कोरोनाभाइरसका कारण हालसम्म २ लाख १५ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।