जनता टाइम्स

२४ आश्विन २०७७, शनिबार ०९:४५

सुनको विमानमा उड्ने मलेसियाली राजकुमारीले गरिन आफ्नै कामदारसँग विवाह


काठमाडौ । मायामा सबै समान, उच्च र निच भन्ने हुँदैन भन्ने भनाई चरितार्थ भएको छ । मायाले धनी र गरिब पनि भन्दैन । साँचो मायामा कुनै भेदभाव हुँदैन् । यसैले होला दुनियाँमा मायालाई सबैभन्दा पवित्र मानिएको । हाल एक अनौठो विवाहको बारेमा जानकारी आएको छ ।

मलेशियाको जोहोर स्टेटको राजकुमारी तुन्कु तुन अमीनाह मैमुनाह इस्कांदरियाहको १४ अगष्टमा डच मुलका डेनिस मुहम्मद अब्दुललाहसँग विवाह भएको छ । विवाहको रोचक कुरा चाँही सुल्तानको एक प्रपर्टी डेवलपमेन्ट फर्ममा डनिसले काम गर्थे । दुवैजनाले प्रेम विवाह गरेका हुन् ।

तीन वर्ष पहिला राजकुमारी र डेनिसको भेट मलेशियाको एक क्याफेमा भएको थियो । भेट पछि डेनिसले इस्लाम स्वीकार गरेका थिए । यस विवाहलाई दुवै परिवारको सर्मथन र आर्शिवाद मिलेको थियो । दुवै परिवारले सबै परम्परागत प्रक्रिया पुरा गरेर विवाह सम्पन्न गरेका हुन् ।

जोहोरका मुसलमानले सयौं वर्ष पुरानो परम्परा निभाउदै छोरीको विवाह २२।५० रिंगिट अर्थात करीब ३ सय रुपैयाँ बराबरको रुपैयाँ माग गरे । तुकू सुल्तानको एकमात्र छोरी हुन् र छ बच्चाहरुमा २ नम्बरकी हुन् ।

तुंकु र डेनिस पहिलो पटक भेट हुँदा सिंगापुरमा एक रोवर्ट फुटबल क्लबमा मार्केटिङ म्यानेजरको रुपमा काम गर्थे । इस्लाममा प्रवेश गरेसँगै डेनिस वरबासबाट डेनिस मुहम्मद भएका थिए । उनी नेदरल्यान्डको एक सानो शहरका हुन् । पहिला उनी मोडलिङ पनि गर्थे । डेनिसको पिता फुल पसलमा काम गर्छन् भने आमा कपडा पसलमा काम गर्छिन् ।

सुल्तानकी एक्ली छोरीको विवाह धुमधामले सम्पन्न भयो । उनीसँग लगभग दुई सय अर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्ति छ । जोहोर मलेशियामा एक यस्तो एक्लो राज्य छ, जो सँग निजी आर्मी हुन्छ । एक टेलि कम्पनीका मालिक सुल्तान इब्राहिमसँग ६४१ करोड रुपैयाँको एक सुनको प्लेन र आलीशान तीन भवनहरु छन् । जसलाई उनले ४१७० लाख रुपैयाँमा खरीद गरेका थिए ।