काठमाडौं, असोज २५
चाडपर्व नजिकिएसँगै बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य निरन्तर घट्न थालेको छ । निषेधाज्ञा खुकुलो गर्ने वित्तिकै सबै होटल, रेष्टुरेन्ट खुलेसँगै मासुको मूल्य बढेर ३२० देखि ३५० रुपैयाँसम्म पुगेको थियो ।
तर, अहिले दशैं नजिकिँदै गर्दा कुखुराको मूल्यमा पुनः गिरावट आएको छ । लामो समयको बन्दाबन्दीमा कुखुरा पालन व्यवसायीहरूले धेरै कुखुरा उत्पादन गरेको हुनाले अहिले बजारमा मासुको मूल्य घटेको नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिनुभयो । उत्पादन बढी र खपत कम भएका कारण बजारमा कुखुराको मूल्यमा सस्तिएको हो ।
हाल बजारमा कुखुराको मासुको मूल्य प्रतिकेजी २२० देखि २४० सम्म बिक्री भइरहेको छ । त्यस्तै जिउँदो कुखुराको प्रतिकेजी १८० मा बिक्री भइरहेको छ । सामान्य अवस्थाका देशभर करिब ८ लाख केजीको हाराहारीमा मासु खपत हुन्थ्यो भने अहिले करिब ४ लाख केजी मात्रै खपत भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्