जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार १२:१२

होम आइसोलेशनमा बसेका वृद्धको मृत्यु, धरानमा एक पत्रकारसहित ८२ जनामा सङ्क्रमण पुष्टि


धरान, असोज २६

धरान उपमहानगरपालिका १५ मा होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । करीब ७० वर्षीय उहाँको आज बिहान घरमा नै मृत्यु भएको हो । उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बेलायत जानका लागि एक साताअघि बिपी प्रतिष्ठानमा शुल्क तिरेर पिसिआर परीक्षण गर्दा उहाँको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

छोराको मृत्यु संस्कारमा भाग लिन बेलायतबाट आएका उहाँ रिपोर्ट पोजेटिभ आएपछि होम आइसोलेशनमा बस्नुभएको थियो । बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा भीड भएका कारण उहाँलाई घरमै राखिएको थियो । सेनाको टोलीबाट शव व्यवस्थापन हुन लागेको छ । धरानमा आज एक पत्रकारसहित ८२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।