जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १६:०२

प्रेस संगठनले गर्यो बजेटको स्वागत, प्रधानमन्त्री–अर्थमन्त्री र सञ्चारमन्त्रीलाई दियो धन्यवाद


काठमाडौं, जेठ १६

प्रेस संगठन नेपालले संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको आर्थिक बर्ष ०७६/७७ को बजेटको स्वागत गरेको छ ।

लोककल्याणकारी बिज्ञापनमा बृद्धि, पत्रकार बृत्तिकोषसहित बजेटले आमसञ्चार क्षेत्रको समग्र बिकाशका लागि सकारात्मक भुमिका निर्वाह गर्ने ठहरसहित स्वागत गरेको हो । संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले आज बिज्ञप्ती जारी गरी बजेटको स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई धन्यवाद दिएको छ ।

‘बजेटमा अभिब्यक्त यी भावना र कार्यान्वयनको दृढ अडानले सञ्चार क्षेत्र मात्र नभई मुलुकको समग्र क्षेत्रमा सकारात्मक प्रभाव र बिकाशको सन्देश प्रवाह हुनुका साथै नेपालको संबिधानले तय गरेको समाजवादतर्फको यात्रालाई दह्रोसँग आत्मसाथ गरेको छ । प्रेस संगठन नेपाल बर्तमान सरकारको यस कदमको सराह्राना र स्वागत गर्दै कडाईका साथ कार्यान्वयन गर्न आग्रह गर्दछ । सञ्चार क्षेत्रको समग्र बिकाशका लागि लिइएको पहलकदमीका लागि प्रेस संगठन नेपाल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई हार्दिक धन्यवादसहित आभार प्रकट गर्न चाहन्छ,’ बिज्ञप्तीमा भनिएको छ ।

प्रेस संगठन नेपालले सरकारको यस कदमको स्वागत गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सार्थक सहभागिता र तथ्यका आधारमा सत्य स्थापित गर्ने स्वस्थ आलोचनासहित सहयोगी बन्न सिंगो सञ्चार क्षेत्रलाई हार्दिक अपिलसमेत गरेको छ ।

बिज्ञप्तीको पूर्णपाठ

प्रेस संगठन नेपाल
केन्द्रीय समिति, काठमाडौं, नेपाल
मिति : २०७६/०२/१६
प्रेस बिज्ञप्ती

सरकारले आर्थिक बर्ष ०७६÷७७ को बजेट बक्तब्यमार्फत आमसञ्चार क्षेत्रको गुणस्तरीय एवं सर्वसुलभ पहुँचको लागि आमसञ्चार ऐन तर्जुमा गर्ने घोषणा गर्नुका साथै लोककल्याणकारी विज्ञापन वापतको रकम वृद्धि गरेको छ । संघीय संसदको संयुक्त सदनमा माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट बक्तब्यमा सञ्चार क्षेत्रले लामो समयदेखि उठाउँदै आएको मागलाई सम्बोधनको प्रयाश गरिएको छ । नेपाली पत्रकारितामा गुणस्तरीयता, व्यावसायिकता र स्वच्छ अभ्यासलाई प्रोत्साहित गर्ने गरी कानून निर्माणदेखि पत्रकार दुर्घटना बीमा र पत्रकार वृत्तिकोषलाई पत्रकारको हित र कल्याणमा परिचालन गर्ने दिशामा बजेट बक्तब्यले स्पष्ट मार्गनिर्देश गरेको छ । लोककल्याणकारी विज्ञापन वापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशतले वृद्धि गरिएको छ । लोककल्याणकारी बिज्ञापन बापतको रकम बृद्धिको यस कामले श्रमजीवि पत्रकार आफैले सञ्चालन गरिरहेको स्वरोजगारमुलक मिडियालाई ठुलो राहत पुगेको छ भने पत्रकार दुर्घटना बीमा र बृत्तिकोषले आम पत्रकारको मनोवल माथि उठाएको छ । आर्थिक र भौतिक दवावमा नपरी काम गर्न थप हौसला प्रदान गरेको छ ।

यस्तै बजेटमा आम सञ्चार क्षेत्रको गुणस्तरीय एवं सर्वसुलभ पहुँचको लागि आमसञ्चार ऐन तर्जुमा गर्ने, रेडियो नेपाल र नेपाल टेलिभिजनको एकिकरण सम्पन्न गरी सार्वजनिक सेवा प्रसारण संस्थाको रुपमा कार्यक्रम सञ्चालन र सबै प्रदेशमा सञ्चार ग्राम स्थापना गर्ने योजना अघि सारिएको छ । यसका साथै बजेटले डिजिटल नेपालको अवधारणालाई दृढताका साथ अघि बढाएको छ । फ्रिक्वेन्सी वितरण प्रणाली व्यवस्थित र पारदर्शी बनाउन राष्ट्रिय फ्रिक्वेन्सी निर्धारण योजना र रणनीति तयार गर्ने, सवै स्थानीय तहका वडा, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडव्याण्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने घोषणासमेत बजेटमा गरिएको छ । यसैगरी डिजिटल नेपाल निर्माण गर्न नागरिक सेवाको पहूँच र गुणस्तर अभिवृद्धि गर्न सार्वजनिक सेवालाई क्रमशः विद्युतीय माध्यमबाट उपलब्ध गराउने प्रणालीको विकास गर्ने, आगामी पाँच वर्षभित्र सम्भाव्य सबै नागरिक सेवा र सरकारी आर्थिक कारोबार विद्युत्तीय माध्यमबाट सम्पन्न गर्न डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई कार्यान्वयनमा ल्याउने जस्ता योजना समेटिएको छ ।

 

प्रेस संगठन नेपाल आम नागरिकको मन छुने गरी लोककल्याणकारी राज्यको अवधारणालाई ब्यवहारमा उतार्दै सञ्चार क्षेत्रको संस्थागत बिकाशमा ठोश योगदान पुग्ने गरी बजेट ल्याएकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छ । सिमित स्रोत–साधन रहेको बर्तमान यथार्थबीच सरकारले समृद्ध नेपाल, सुखी नेपालीको मुल लक्ष्य हासिल गर्ने दिशामा बजेटलाई केन्द्रित गरेको छ । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उर्जा, जलस्रोत जस्ता क्षेत्रमा उल्लेख्य सुधारका कामको थालनी गर्ने योजना तथा सामाजिक सुरक्षा, बेरोजगारलाई रोजगारी, आत्मनिर्भर अर्थतन्त्र निर्माण र स्वदेशी उद्योगलाई प्रोत्साहित गर्ने गरी बजेट ल्याएर सरकारले आम नेपाली जनताको भावनाको कदर गरेको छ ।

बजेटमा अभिब्यक्त यी भावना र कार्यान्वयनको दृढ अडानले सञ्चार क्षेत्र मात्र नभई मुलुकको समग्र क्षेत्रमा सकारात्मक प्रभाव र बिकाशको सन्देश प्रवाह हुनुका साथै नेपालको संबिधानले तय गरेको समाजवादतर्फको यात्रालाई दह्रोसँग आत्मसाथ गरेको छ । प्रेस संगठन नेपाल बर्तमान सरकारको यस कदमको सराह्राना र स्वागत गर्दै कडाईका साथ कार्यान्वयन गर्न आग्रह गर्दछ । सञ्चार क्षेत्रको समग्र बिकाशका लागि लिइएको पहलकदमीका लागि प्रेस संगठन नेपाल सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली, माननीय अर्थमन्त्री डा. युवराज खतिवडा र माननीय सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई हार्दिक धन्यवादसहित आभार प्रकट गर्न चाहन्छ । प्रेस संगठन नेपाल सरकारको यस कदमको स्वागत गर्दै समृद्ध नेपाल निर्माणको महाअभियानमा सार्थक सहभागिता र तथ्यका आधारमा सत्य स्थापित गर्ने स्वस्थ आलोचनासहित सहयोगी बन्न सिंगो सञ्चार क्षेत्रलाई हार्दिक अपिल गर्दछ ।

महेश्वर दाहाल : संयोजक                                                                                          गणेश बस्नेत : सहसंयोजक

press organization nepal-budget