जनता टाइम्स

२८ आश्विन २०७७, बुधबार ०७:२७

काठमाडौंका कुन वडामा कति छन कोरोना संक्रमित ?


काठमाडौ, २८ असोज । देशका अरु ठाउँको तुलनामा काठमाडौ उपत्यकामा कोरोना सङ्क्रमण तीव्र रुपमा बढेको छ । मंगलबार मात्रै उपत्यकामा एक हजार सात सय ४६ जनामा सङ्क्रमण देखिएको छ ।

उपत्यकामा सङ्क्रमितको संख्या ३२ हजार ६ सय तीन पुगेको छ । काठमाण्डौ महानगरपालिकामा मात्रै १५ हजार पाँच सय ५३ जना छन् । उनीहरूमध्ये सक्रिय सङ्क्रमित सात हजार ५ सय १७ छन् । काठमाण्डौ महानगरपालिकाका ३२ वडामध्ये ११ वटा वडामा सक्रिय सङ्क्रमितको संख्या ३ सयभन्दा बढी छ ।