जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार १८:३५

बिप्लव नेकपा छाडनेको संख्या बढदै, मध्यकमाण्ड सदस्यले रोजे सत्तारुढ नेकपा


काठमाडौं, जेठ १६

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड सदस्य सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । चन्दा उठाएर बिलासी जीवन जिउने बिप्लवको योजनाबारे जानकार भएपछि सो पार्टी त्यागेर समृद्ध नेपाल निर्मा०ा अभियानको नेतृत्वकर्ता दल नेकपामा प्रवेश गरेको नवप्रवेसीको भनाई छ ।

बिप्लवका कार्यकर्तालाई नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले आज पार्टी प्रवेश गराउनु भएको हो । प्रवेश गर्नेमा सुदुरपश्चिम प्रदेशका मध्यकमाण्ड सदस्य डम्बर रावल ‘निराजन’ र सुवास अधिकारी ‘आर्यन’ रहनुभएको छ । प्रचण्ड निवास खुमलटारमा उहाँहरुलाई नेकपामा प्रवेश गराइएको हो ।