जनता टाइम्स

१६ जेष्ठ २०७६, बिहीबार २०:०८

मोदीको शपथमा देखियो प्रधानमन्त्री ओलीको क्रेज, राष्ट्रपति भवन पुग्दा गुञ्जियो ताली


काठमाडौं, जेठ १६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी हुन राष्ट्रपति भवनमा अधिकांश बिदेसी पाहुना पुग्दा खासै चर्चा भएन । बिमिस्टेकमा आवद्ध राष्ट्रका कार्यकारी प्रमुखलाई निम्त्याइएको शपथग्रहण समारोहमा जति देशका कार्यकारी प्रमुख पुगे, भारतीय नेता तथा समारोहमा सहभागीहरुको खासै ध्यान पुगेन । उपस्थित सवै आ–आफ्नो धुनमा देखिए ।

भारतभरका बिशष्टि ब्यक्ति अनि छिमेकका कार्यकारी प्रमुखलाई आमन्त्रण गरिएको समारोहमा राष्ट्रपति रामनाथ कोभिन्दको आधिकारिक फेसबुक पेजबाट परिचय गराउँदै चिनाउने काम भयो । प्रधानमन्त्री मोदीको दोस्रो कार्यकालका लागि शपथका लागि रेड कार्पेटले सजाइएको राष्ट्रपति भवनमा जव प्रधानमन्त्री केपी शर्मा ओली पुग्नुभयो, एकाएक माहोल फेरियो । उपस्थित भारतीय नेता, कलाकारदेखि सांसदसम्मको नजर प्रधानमन्त्री ओलीतिरै पुग्यो । नेतादेखि कर्मचारीसम्म एकोहोरो ओलीलाई नियाल्न ब्यस्थ बने । सवैका आँखा प्रधानमन्त्री ओलीतिरै पर्यो । बिशिष्ट पाहुनाको स्वागत कर्मचारीले गरिरहँदा चुपचाप भारतीय नेताहरु उभिएर प्रधानमन्त्री ओलीलाई अभिवादन गरे ।

साँझ नेपाली समयअनुसार ठीक ७ बजेर ४ मिनेट जाँदा राष्ट्रपति भवन पुग्नुभएको थियो ओली । सेतो दौरा सुरुवाल, कालो कोट अनि कालै भादगाउले टोलीमा सजिएर राष्ट्रपति भवन पुग्दा प्रधानमन्त्री ओलीलाई उच्च सम्मान दिइयो । मुस्कानसहित हात हल्लाएर अभिवादन गर्दै समारोहमा पुग्दा त्यहाको माहोल एकाएक फेरियो । तालीको गडगडाहटबाट ओलीलाई उपस्थित सवैले स्वागत गरे । यतिसम्मका पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह र सोनिया गान्धीको नजरसमेत एकोहोरो ओलीतिरै पर्यो ।

राष्ट्रपति कोभिन्दको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण गरिरहेका कर्मचारीले ओलीको परिचय दिँदै भने, ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँकी धर्मपत्नी राधिका शाक्य बिशिष्ट पाहुनाका रुपमा शपथग्रहण समारोहमा सहभागी हुन आइपुग्नु भयो । प्रधानमन्त्री ओली नेपालमा मात्रै नभएर सवैतिर डाइनामिक लिडरका रुपमा हेर्ने गरिएको छ ।’ प्रधानमन्त्री ओली मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आजै दिल्ली जानुभएको हो । उहाँ भोली मादीसँग दुई पक्षीय भेटबार्ता गरी स्वदेश फर्कुनु हुनेछ । यसअघि नयाँदिल्ली पुग्दा प्रधानमन्त्री ओलीलाई इन्दिरा गान्धी अन्तराष्ट्रिय बिमानस्थलमा भारतीय बिदेश सचिवले स्वागत गर्नुभएको थियो ।

नयाँ सरकार गठन भइनसकेको अवस्थामा उच्च सरकारी अधिकारीका रुपमा प्रधानमन्त्री ओलीलाई बिदेश सचिवले स्वागत गर्नुभएको हो । प्रधानमन्त्री ओली पुग्नुभएको केही समयपछि नै भारतका प्रधानमन्त्री मोदीले पद तथा गोपनीयतको शपथ लिनुभयो । भारतीय जनता पार्टी (भाजपा)को सानदार बिजयपछि दोस्रो पटक प्रधानमन्त्री नियुक्त हुनुभएका मोदीले राष्ट्रपति रामनाथ कोभिन्दसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

मोदीले इश्वरको नाममा शपथ लिनुभएको छ । आफ्नो शपथलगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरुले पनि राष्ट्रपति कोभिन्द समक्ष शपथ लिएका छन । मोदी सरकारमा भाजपाका बरिष्ठ नेता राजनाथ सिंह, अध्यक्ष अमित शाहसमेत सहभागी हुनुभएको छ ।