Single Top Ad

 

प्रवासमूख्य समाचारविचार / ब्लगविश्वसमाचार

मोदीले सम्हाले दोस्रो पटक भारतको सत्ता, यी हुन भारत बनाउने मन्त्री

नयाँदिल्ली, जेठ १६

भारतको १५औँ प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको शपथग्रहण लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामनाथ कोविन्दले मोदीलाई सपथग्रहण गराउनुभएको हो । हालै सम्पन्न १७ औँ लोकसभा निर्वाचनपछि मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले अत्यधिक बहुमत ल्याएकाले मोदीले सरकार गठन गर्नु भएको हो । प्रधानमन्त्रीका रुपमा ६८ बर्षीय मोदीको यो दोस्रो कार्यकाल हो । शपथग्रहण समारोहमा शीर्ष नेता, विदेशी अतिथिलगायत आमन्त्रित विशिष्ट व्यक्तिहरू सहभागी भएका थिए ।

विश्वका विभिन्न देशका नेताहरुलाई आमन्त्रण गर्नेक्रममा मोदीले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगसम्बन्धी वङ्गालको खाडीको प्रयास (बिमस्टेक) का सदस्य राष्ट्रका सरकार प्रमुखलाई उक्त सपथ ग्रहण कार्यक्रममा आमन्त्रण गर्नु भएको थियो । बिमस्टेकमा भारतसहित नेपाल, बङ्गलादेश, भुटान, म्यान्मार, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

यस पटकको सपथग्रहण समारोहमा अमेरिका, अष्ट्रेलिया, जर्मनी, बेलायत लगायतका देशका विभिन्न पार्टीका नेताहरुलाई पनि बोलाइएको थियो । सन् २०१४ को निर्वाचनमा २८२ सिट जितेर सरकार बनाएको भारतीय जनता पार्टीले अहिले त्यो भन्दा बढी ३०३ सिट ल्याएर फेरी सरकार गठन गरेको हो ।

कुल ५४३ सिट मध्ये भाजपा नेतृत्वको गठबन्धनले भने ३५३ सिट जित्न सफल भएको छ । प्रमुख प्रतिपक्षी भारतीय राष्ट्रिय काँग्रेस भने नराम्रोसँग खुम्चिएको छ । दोस्रो पटक प्रधानमन्त्रीको शपथ लिएसँगै मोदीले मन्त्रिमण्डल गठन गर्नुभएको छ । जसमा बरिष्ठ नेता राजनाथ सिंह र भाजपा अध्यक्ष अमित शाहसमेत हुनुहुन्छ ।

यी हुन मोदी क्याविनेटका मन्त्री

राजनाथ सिंह, लखनऊ (उप्र)

अमित शाह, गांधी नगर (गुजरात)

नितिन गडकरी, नागपुर (महाराष्ट्र)

डीवी सदानंद गौड़ा, बेंगलुरु उत्तर (कर्नाटक)

निर्मला सीतारमण, राज्यसभा सदस्य

रामविलास पासवान, चुनाव नहीं लड़ा

नरेंद्र सिंह तोमर, मुरैना (मप्र

रविशंकर प्रसाद, पटना साहिब (बिहार)

हरसिमरत कौर, बादल बठिंडा (पंजाब)

थावरचंद गहलोत, राज्यसभा सदस्य

एस जयशंकर, पूर्व विदेश सचिव

रमेश पोखरियाल निशंक, हरिद्वार (उत्तराखंड)

अर्जुन मुंडा, खूंटी (झारखंड)

स्मृति ईरानी, अमेठी ९उप्र०

हर्षवर्धन, चांदनी चौक (दिल्ली)

प्रकाश जावड़ेकर, राज्यसभा सदस्य

पीयूष गोयल, राज्यसभा सदस्य

धर्मेंद्र प्रधान, राज्यसभा सदस्य

मुख्तार अब्बास नकवी, राज्यसभा सदस्य

प्रहलाद जोशी, धारवाड़ (कर्नाटक)

महेंद्रनाथ पांडेय, चंदौली (उप्र)

अरविंद सावंत, मुंबई दक्षिण (महाराष्ट्र)

गिरिराज सिंह बेगूसराय, (बिहार)

गजेंद्र सिंह शेखावत, जोधपुर (राजस्थान)

राज्य मंत्री

संतोष गंगवार, बरेली (उप्र)

राव इंद्रजीत सिंह, गुड़गांव (हरियाणा)

श्रीपद नाइक, उत्तर गोवा (गोवा)

जीतेंद्र सिंह उधमपुर, (जम्मू कश्मीर)

किरेन रिजिजू, अरुणाचल पश्चिम

प्रहलाद पटेल, दमोह (मप्र)

आरके सिंह, आरा (बिहार)

हरदीप पुरी, राज्यसभा सदस्य

मनसुख मांडविया, राज्यसभा सदस्य

राज्य मंत्री

फग्गन सिंह कुलस्ते, मंडला (मप्र)

अश्विनी चौबे बक्सर , (बिहार)

अर्जुन राम मेघवाल, बीकानेर (राजस्थान)

वीके सिंह, गाजियाबाद (उप्र)

कृष्णपाल गुर्जर, फरीदाबाद (हरियाणा)

रावसाहेब दानवे, जालना (महाराष्ट्र)

जी किशनरेड्डी, सिकंदराबाद (तेलंगाना)

पुरुषोत्तम रुपाला, राज्यसभा सदस्य

रामदास आठवले, राज्यसभा सदस्य

साध्वी निरंजन ज्योति, फतेहपुर (उप्र)

बाबुल सुप्रियो, आसनसोल (बंगाल)

संजीव बालियान, मुजफ्फरनगर (उप्र)

संजय धोत्रे, अकोला महाराष्ट्र

अनुराग ठाकुर, हमीरपुर हिमाचल

सुरेश अंगड़ी, बेलगाम कर्नाटक

नित्यानंद राय, उजियारपुर (बिहार)

रतन लाल कटारिया, अंबाला (हरियाणा)

वी मुरलीधरन, राज्यसभा सदस्य

रेणुका सिंह सरुता, सरगुजा (छत्तीसगढ़)

सोम प्रकाश, होशियारपुर (पंजाब)

रामेश्वर तेली, डिब्रूगढ़ (असम)

प्रताप चंद्र सारंगी, बालासोर (ओडिशा)

कैलाश चौधरी, बाड़मेर (राजस्थान)

देबश्री चौधरी, रायगंज (बंगाल)

Comment here