काठमाडौं, कात्तिक ३
नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा पूर्वमन्त्री खगराज अधिकारीले पर्वभत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गराउन संसदीय दललाई आग्रह गर्नुभएको छ । कास्की–१ बाट निर्वाचित अधिकारीले संसदीय दलका नेता समेत रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर सो आग्रह गर्नुभएको हो ।
उहाले भन्नुभएको छ, ‘संसदीय दलले निर्णय गरि सासदहरुले दशै भत्ता नलिने निर्देशन दिन र आफ्नो तर्फबाट यो विसम परिस्थितिमा नलिने निर्णय गरेको को कुरा सादर अनुरोध गर्दछु ।’ उहाले सो पत्र प्रधानमन्त्रीको निजी सचिवालयमा समेत दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्