काठमाडौं, कात्तिक ३
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ७९० जना संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो ।
नयाँ थपिएका कोरोना संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । यसैबीच, उपत्यकामा मात्रै सोमबार २ हजार ३८८ जना संक्रमित भेटिएका छन् । काठमाडौंमा २ हजार ८, भक्तपुरमा ९९ ललितपुरमा २८१ जना संक्रमित भेटिएका हुन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३३५ जना डिस्चार्ज भएका छन् । संक्रमितमध्ये ६९.९ प्रतिशत निको भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ रहेको छ ।













प्रतिक्रिया दिनुहोस्