जनता टाइम्स

४ कार्तिक २०७७, मंगलवार १६:३८

मंगलबार ३०९३ जना संक्रमित भेटिए


काठमाडौं, कात्तिक ४

देशभर आज ३ हजार ९३ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३ संक्रमित थपिएको पुष्टि गर्नुभयो ।

योसँगै संक्रमित हुनेको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । त्यस्तै यस अवधिमा २ हजार १०८ जना कोरोनाबाट मुक्त भएका छन् । यो सहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको मन्त्रालयले जनाएको छ । मंगलबार थप ८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।