जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १५:११

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको उम्मेदवारी दर्ता


काठमाडौं, कात्तिक ५

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उमेदवारी दर्ता गराउनु भएको छ । उहाले आफ्नो प्यानका सबै उपाध्यक्षले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उहाका प्यानलका सबै उपाध्यक्षका उमेदवारहरुले बुधबार दिउसो उमेदवारी दर्ता गराएउनु भएको छ । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उमेदवारी दर्ता गर्नुभयो । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदै छ ।

महासंघको चुनावका लागि उमेदवारहरुले आजदेखि मंसिर ४ गतेसम्म मनोनयनपत्र दाखिला गर्न सक्ने समयसिमा रहेको छ । मनोनयन दाखिला इमेलबाटै गर्न सकिने र त्यसको सक्कल कागजात मंसिर ४ गतेभित्र महासंघमा बुझाइसक्नुपर्ने व्यवस्था गरिएको छ ।