जनता टाइम्स

५ कार्तिक २०७७, बुधबार १६:५८

नेपालमा हालसम्म कोरोनाबाट ७९१ को ज्यान गयो, एकैदिन २६ संक्रमितको मृत्यु


काठमाडौं, कात्तिक ५

पछिल्लो २४ घण्टामा देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । एकै दिन मृत्यु हुनेको आजको संख्या अहिलेसम्मकै धेरै हो । योसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा देशभर थप ५ हजार ७ सय ४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ९ सय ९६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको छ । सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ ।

संस्थागत आइसोलेसनमा १४ हजार ६७६ जना र होम आइसोलेसनमा २९ हजार ८०० संक्रमित रहेका छन् । यस्तै आज थपिएका संक्रमितमध्ये ३ हजार १०७ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा २ हजार ३९१ भक्तपुरमा १७३ र ललितपुरमा ५४३ जना नयाँ संक्रमित थपिए । आज २ हजार ९९६ जना कोरोनामुक्त भएका छन् ।