चितवन, कात्तिक ७
चितवन मेडिकल कलेजमा थप दुईजना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृतक दुवैजना चितवनका हुन् । मृत्यु हुनेमा एकजना भरतपुर महानगरपालिका–७ का ७० वर्षीय पुरुष छन् । अस्पतालका अनुसार ती वृद्ध श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक २ गते अस्पताल भर्ना हुनुभएको थियो । उहाँको कात्तिक २ गते स्वाब परीक्षण गरिएकामा सोही दिन कोरोना पुष्टि भएको थियो ।
उहाँको आज बिहान मृत्यु भएको अस्पतालका मिडिया संयोजक हरि बोहोराले जानकारी दिनुभयो । यस्तै ८४ वर्षीय महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिडिया संयोजक बोहोराका अनुसार मृत्यु हुनेमा राप्ती नगरपालिका–५ को महिला हुन् । उहाँको ६ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वास र उच्च ज्वरोको समस्या भई ५ गते अस्पताल भर्ना हुनुभएको उहाँको आज बिहान नै मृत्यु भएको बोहोराले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्