जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १८:३७

पर्यटनमन्त्री भट्टराई कोरोनामुक्त


काठमाडौं, कात्तिक ७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले कोरोनामुक्त हुनुभएको छ ।

नेकपाका स्थायी कमिटी सदस्यसमेत रहनुभएका मन्त्री भट्टराईले घरेलु औषधी र उपचारबाटै बिहीवार राती कोरोना भाइरससँगको लडाई जित्नुभएको हो ।

कामको सिलसिलामा उपत्यका बाहिर जाँदा उहाँमा कोरोना संक्रमण भएको थियो । कोरोना संक्रमणपछि मन्त्री भट्टराई निवासमै १४ दिन आइसोलेशनमा रहनुभएको थियो । १४ दिनका दिन बिहीवार गरिएको पिसिआर परीक्षणमा नेगेटिभ नतिजा आएको हो ।