जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १०:१६

पत्नी हिसिलासहित कोरोना संक्रमण दखिएपछि भट्टराईले गरे यस्तो अपिल


काठमाडौं, कात्तिक ८ । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराई र उहाँको धर्मपत्नी पूर्वमन्त्री हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । पूर्वप्रधानमन्त्री भट्टराईले सामाजिक सञ्जाल ट्वीटमार्फत आफूहरुमा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिनुभएको हो ।

भट्टराईकाअनुसार शुक्रबार गरिएको स्वाब संकलनको आज शनिबार आएको रिपोर्टमा दुवैजनाको पोजेटिभ देखिएको छ । भट्टराईले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “हिसिला र म दुवैलाई कोभिड १९ को संक्रमण पुष्टि भएको छ, कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको हो ।”

उहाँ अगाडि लेख्नुभएको छ, “चिकित्सकहरुको सल्लाह बमोजिम हामी होम आइसोलेशनमा नै रहनेछौं । केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरु सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ ।”