जनता टाइम्स

८ कार्तिक २०७७, शनिबार १२:१०

बाँकेमा थप एक संक्रमित पुरुषको मृत्यु


नेपालगन्ज, कात्तिक ८

बाँकेमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको शुक्रबारराति मृत्यु भएको हो । नेपालगन्ज उपमहानगरपालिका १ का ५० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि ती पुरुषलाई असोज २६ गते अस्पताल भर्ना गरिएको थियो । भर्ना गरे लगत्तै उनमा कोरोना सङ्क्रमण पुष्टि भएको श्रेष्ठले बताउनुभयो ।

उहाँलाई असोज २७ गते भेरी अस्पतालको कोरोना वार्डमा भर्ना गरिएको थियो । रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गर्दै गर्दा ती पुरुषको अति सघन कक्षमै मृत्यु भएको अस्पतालले जनाएको छ । नेपाली सेना र परिवारबीच शवको व्यवस्थापन गर्नेबारे समन्वय भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ ।